माघ १५ गतेदेखि आयोजना हुने क्यान इन्फोटेकमा १८० स्टल, तयारी अन्तिम चरणमा माघ १५ गतेदेखि आयोजना हुने २२ औ संस्करणको क्यान इन्फोटेक २०१६ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । बिहिबार आयोजित प्रेस सम्मेलन तथा एक्जिबिटर्स बिफ्रिङ कार्यक्रममा आयोजक क्यान महासंघले शत प्रतिशित स्टल बुकिङ सकिएको जनाएको छ । सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” मा मुख्य प्रदर्शनी हल भित्र ४९ वटा र हल बाहिर ३ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १०४, ओपन स्पेसहरु १४ र फुुड स्टलहरु १० गरी जम्मा १८० स्टलहरु रहने क्यानले जना सूचना तथा सञ्चार प्रविधिलाई नेपाली समाजमा प्रवद्र्धन गर्ने उद्देश्यले क्यान महासंघले वर्षेनी आयोजना गर्दै आएको क्यान ईन्फोटेक तथा सूचना प्रविधि सम्मेलन यही मिति २०७२ माघ १५ देखि २० गते (त्दनुसार जनवरी २९ देखि ३, फेब्रुअरी २०१६) सम्म प्रदर्शनी स्थल भृकूटीमण्डपमा हुनेछ । यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्...