नेपाली सेनामा ३ हजारभन्दा बढीका लागि जागिर खुल्यो



नेपाली सेनाले स्वीकृत दरबन्दी भित्र रिक्त रहेका पदहरुमा समावेशी तथा खुल्ला प्रतिष्पर्धाबाट प्रथमपटक मिति २०७२/४/१३ गते बुधबार, गोरखापत्र दैनिकमा पदपूर्तीका लागि योग्य नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरेको छ ।नेपाली सेनाले विभिन्न पदहरुमा ३३६८ जनाको लागि आवेदन खुलाएको छ । कार्यरथी विभाग अन्तरगतको भर्ना छनौट निर्देशनालय, जंगी अड्डाले विभिन्न ३० स्थानका लागि यती धेरैको संख्यामा जनशक्ति माग गरेको हो । सेनाले यस पटक सबैभन्दा बढी ३ हजार १ सय ५० जनाको लागि सैन्य पदमा आवेदन माग गरेको छ ।त्यसैगरी, बन्दोबस्ती कार्य सिपाहीमा ८० जना, सैन्य ड्राइभरमा ५० जना, सुचिकार ११ जना, कुचिकार ४० जना, लोहकार ६ जना, धोवी १ जना, केशकर्तक १२ जना, सिकर्मी २, वैटर १३ सयस २ र नालबन्दी १ जनाको लागि दरखास्त आह्वान गरेको हो ।
उक्त पदहरुमा आवदेन गर्न चाहने नेपाली नागरिकले आगामी भदौ १० गतेसम्म कार्यालय समयभित्र आवेदन पत्र दर्ता गरिसक्नुपर्ने नेपाली सेनाले बताएको छ ।१८ वर्ष पुरा भई २२ वर्ष ननाघेको नेपाली नागरिकले उक्त पदहरुमा आवेदन दिन सक्ने नेपाली सेनाले बताएको छ । पुरुषहरुका लागि न्यूनतम उचाई ५ फिट ३ इन्च र महिलाको लागि ५ फिट तोकिएको छ । आवेदनकर्ताले कार्यरथी विभाग भर्ना छनौट निर्देशनालय, जंगी अड्डा र अन्य भर्ना केन्द्रहरुको हकमा सम्बन्धित भर्ना केन्द्रमा गएर आवेदन गर्न सकिने नेपाली सेनाले बताएको खबर नेपालजापान डटकमले लेखेको  छ

Comments

Popular posts from this blog