Posts

Showing posts from June, 2016

एक घर एक नर्सको नीति राज्यले बनाउनु पर्छ

Image
एक घर एक नर्सको नीति राज्यले बनाउनु पर्छ  एलिना रसाईली, नर्स छोरीलाई नर्स पढाउनु जागिरका लागि मात्र होइन । उनीहरुले परिवार र समाज नै स्वस्थ राख्न सक्छन् । प्रत्येक परिवारमा एउटी छोरीलाई नर्स पढाउँदा आगामी पुस्ताको जीवन स्वस्थ हुन सक्छ । किनकी एउटी आमा शिक्षित र स्वस्थ भइन् भने भावि सन्ततिहरु निरोगी र असल नागरिक बन्छन् । त्यसैले देश सुधार्ने हो भने छोरीलाई नर्सिङ्ग शिक्षा पढाउन राज्यलेनै लगानी गर्नुपर्छ । एक घर एक नर्सको नीति राज्यले बनाउनु पर्छ । अनि मात्र स्वस्थ र सभ्य समाजको निर्माण हुन्छ । अहिलेको विकसित समाजमा नर्सिङ्ग सेवालाई अस्पतालमा मात्र सिमित राखिनु हुँदैन । विद्यालय, उद्योग कलकारखानासम्म सेवा विस्तार गर्नुपर्छ । नर्सको ब्यक्तिगत जीवन हुँदैन भन्दा कुनै फरक नपर्ला । किनकी बिहान सवेरैदेखि राती अवेरसम्म बिरामीकै सेवामा तल्लिन हुनुपर्छ । आफ्नो ऊर्जावान् उमेरदेखि पूरै जीवन बिरामीको सेवा गरेर रमाउनुपर्छ । साथीभाईलाई समय दिने कुरा त परै छाडौं घरपरिवारलाई समय दिन सक्ने अवस्था हुँदैन । नर्सिङ जागिरमा प्रवेश गरेकाहरुले बिरामीको २४ सै घण्टा सेवा गरी प्रशंसनीय काम गरेका छन् ।

‘एस ईईमा ग्रेड प्वाइन्ट एभरेज’ (जिपिए) १.६ भन्दा कम ल्याउनेले पनि व्यावसायिक सीप विकास तथा तालिम केन्द्र (सिटिभिटी) मा प्राविधिक विषय १५ महिने पढ्न पाउने

Image
  एसईईमा ‘ग्रेड प्वाइन्ट एभरेज’ (जिपिए) १.६ भन्दा कम ल्याउनेले पनि व्यावसायिक सीप विकास तथा तालिम केन्द्र (सिटिभिटी) मा प्राविधिक विषय १५ महिने पढ्न पाउने ‘ग्रेड प्वाइन्ट एभरेज’ (जिपिए) भनिने यो प्रणालीले केही अन्यौल भने जन्माएको छ। जस्तो, प्लस–टुमा कुन विषय पढ्न एसएलसीमा कति ग्रेड चाहिन्छ त? वा, फेल नै कोही नभएपछि जसले पनि जेसुकै विषय पढ्न पाउने हो त? जतिसुकै ग्रेड ल्याए पनि रोजेको कलेजमा भर्ना हुन पाइने हो त? होइन। कुन पढ्न कति? ग्रेडिङ प्रणालीमा ‘ए–प्लस’ देखि ‘ई’ सम्म वर्गीकरण गरिएको हुन्छ। यसमध्ये ‘डी प्लस’ आउने विद्यार्थीले पनि सरकारी कलेजमा मुस्किलले भर्ना पाउँछन्। त्योभन्दा कम ‘डी’ र ‘ई’ आउने विद्यार्थीलाई व्यावसायिक सीप विकास तथा तालिम केन्द्र (सिटिभिटी) मा प्राविधिक विषयतर्फ लगाउने सरकारी नीति छ। यहाँ एक वर्ष वा पन्ध्र महिनाका विभिन्न तालिम सञ्चालन हुन्छन्। शिक्षासचिव विश्वप्रकाश पण्डितले जति ग्रेड आए पनि कुनै न कुनै विषय पढ्न र सीप सिकेर गरिखाने वातावरण तयार पार्नु ग्रेडिङ प्रणालीको मान्यता रहेको बताए। ‘डी र ई आए फेल भएको बुझिन्छ। त

Tukur tukur dekhate ho kya Masoom Stage dance

Image