‘एस ईईमा ग्रेड प्वाइन्ट एभरेज’ (जिपिए) १.६ भन्दा कम ल्याउनेले पनि व्यावसायिक सीप विकास तथा तालिम केन्द्र (सिटिभिटी) मा प्राविधिक विषय १५ महिने पढ्न पाउने

 एसईईमा‘ग्रेड प्वाइन्ट एभरेज’ (जिपिए) १.६ भन्दा कम ल्याउनेले पनि व्यावसायिक सीप विकास तथा तालिम केन्द्र (सिटिभिटी) मा प्राविधिक विषय १५ महिने पढ्न पाउने


‘ग्रेड प्वाइन्ट एभरेज’ (जिपिए) भनिने यो प्रणालीले केही अन्यौल भने जन्माएको छ। जस्तो, प्लस–टुमा कुन विषय पढ्न एसएलसीमा कति ग्रेड चाहिन्छ त? वा, फेल नै कोही नभएपछि जसले पनि जेसुकै विषय पढ्न पाउने हो त? जतिसुकै ग्रेड ल्याए पनि रोजेको कलेजमा भर्ना हुन पाइने हो त? होइन।
कुन पढ्न कति?
ग्रेडिङ प्रणालीमा ‘ए–प्लस’ देखि ‘ई’ सम्म वर्गीकरण गरिएको हुन्छ। यसमध्ये ‘डी प्लस’ आउने विद्यार्थीले पनि सरकारी कलेजमा मुस्किलले भर्ना पाउँछन्। त्योभन्दा कम ‘डी’ र ‘ई’ आउने विद्यार्थीलाई व्यावसायिक सीप विकास तथा तालिम केन्द्र (सिटिभिटी) मा प्राविधिक विषयतर्फ लगाउने सरकारी नीति छ। यहाँ एक वर्ष वा पन्ध्र महिनाका विभिन्न तालिम सञ्चालन हुन्छन्।
शिक्षासचिव विश्वप्रकाश पण्डितले जति ग्रेड आए पनि कुनै न कुनै विषय पढ्न र सीप सिकेर गरिखाने वातावरण तयार पार्नु ग्रेडिङ प्रणालीको मान्यता रहेको बताए।
‘डी र ई आए फेल भएको बुझिन्छ। तर, जति अंक ल्याए पनि पढ्न पाउनुपर्छ भन्ने शिक्षा मन्त्रालयको धारणा छ,’ शिक्षासचिव पण्डितले बिहीबार सेतोपाटीसँग भने, ‘उनीहरूका लागि सिटिइभिटीमा प्राविधिक तालिमका अवसर सिर्जना गरिएको छ।’
‘सबैले मास्टर डिग्री, पिएचडी गरेर साध्य छैन। नेपालमा हरेक क्षेत्रमा काम गर्ने ठाउँ छ। जसको योग्यता जति हो उसले त्यही काम गर्ने हो,’ उनले भने।
यसबीच उच्च माध्यमिक शिक्षा परिषदले कुन ग्रेड ल्याउने विद्यार्थीले के विषय पढ्न पाउने भनी तोकिदिएको छ। परिषदले विभिन्न १२ विषयमा ग्रेड प्वाइन्ट एभरेज (जिपिए) तोक्दै कक्षा ११ मा भर्ना हुन कम्तीमा गणित र विज्ञानमा ‘सी–प्लस’, अंग्रेजीमा ‘सी’ र सामाजिक शिक्षा तथा नेपालीमा ‘डी–प्लस’ आवश्यक पर्ने बताएको छ। ‘सी–प्लस’ भन्नाले ५० देखि ६० प्रतिशत अंक बराबर हो। 
प्राविधिकतर्फ भने प्रयोगात्मकसहित १० वटै विषयमा ‘सी–प्लस’ ल्याउनुपर्नेछ। उच्चमाध्यमिक विद्यालयको व्यावसायिक संकायमा पढ्न चाहनेले विज्ञान, अंग्रेजी र गणितमा ‘सी’ अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको छ। सिटिइभिटीले भने ‘सी’ ग्रेडसम्म ल्याएका विद्यार्थीलाई भर्ना लिने निर्णय गरेको शिक्षासचिव पण्डितले बताए। सिटिइभिटीले अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयमा ‘सी’ ग्रेड ल्याउनुपर्ने निर्णय गरेको हो। यसका साथै उसले ‘डी’ र ‘ई’ ल्याउनेलाई तालिमको अवसर दिने जनाएको छ।
यो सरकारको काम होइन : डा. माथेमा
शिक्षाविद डा. केदारभक्त माथेमा भने कुन ग्रेड ल्याउने विद्यार्थीले के पढ्न पाउने भनी परिषदले तोक्नेभन्दा कलेजलाई नै छाडिदिनुपर्ने बताउँछन्। ‘धेरै ग्रेड ल्याउनेले विज्ञान पढ्न पाउने वा कम ग्रेड ल्याउनेले व्यवस्थापन तथा मानविकी पढ्न पाउने भन्ने निर्णय सरकारले गर्ने नै होइन,’ उनले सेतोपाटीसँग भने, ‘यसको जिम्मा त कलेजहरूलाई नै छाडिदिने हो।’ भर्नाको जिम्मा कलेजलाई छाडे मात्र अन्यौल अन्त्य हुने उनको भनाइ छ।
परिषद्का उपाध्यक्ष चैतन्य शर्मा सबै विद्यार्थीले उच्चशिक्षा लिन पाउने वातावरण तयार पारिएको बताउँछन्। ‘हामीले विभिन्न वर्गमा छुट्याएर पढ्ने अवसर तयार पारेका छौं,’ उनले भने, ‘ग्रेडिङ प्रणाली नयाँ भएकाले पहिले–पहिले बुझ्न अप्ठेरो हुन्छ।’
शिक्षा मन्त्रालय स्रोतका अनुसार ९० प्रतिशतभन्दा बढी अंक ल्याउने ‘ए–प्लस’ हुन्। पुरानो प्रणालीअनुसार ८० भन्दा बढी ल्याए विशिष्ट श्रेणी मानिन्थ्यो।
नयाँ प्रणालीअनुसार ८०–८९ ‘ए’, ७०–७९ ‘बी–प्लस’, ६०–७० ‘बी’, ५०–५९ ‘सी–प्लस’, ४०–५० ‘सी’, २०–४० ‘डी–प्लस’, २०–३० ‘डी’ र ०–१९ प्रतिशत ल्याउने ‘ई’ ग्रेड हुन्। 
यो वर्गीकरणअनुसार सरकारी कलेजमा भर्ना हुन नै कम्तीमा ‘डी प्लस’ ल्याउनुपर्ने भए पनि निजी कलेजले छानीछानी ग्रेडका आधारमा मात्र विद्यार्थी भर्ना लिनेछन्।
समस्याग्रस्त छ : डा. वाग्ले
शिक्षाविद डा. मनप्रसाद वाग्ले भने ग्रेडिङ प्रणालीमा समस्या देख्छन्। 
‘यो ग्रेडिङका आधारमा ए–प्लस ल्याउनेको ग्रेड प्वाइन्ट (जिपिए) ४ तोकिएको छ। विज्ञान विषय पढ्न पाँचवटा विषय गरी न्यूनतम २ जिपिए भए पुग्छ। उसो भए २ जिपिए ल्याउने विद्यार्थीले तीनवटा विषयमा शून्य ल्याए पनि केही फरक नपर्ने?’ वाग्लेले भने।
‘विज्ञानमा ९२, गणितमा ९३, अंग्रेजीमा ९३ जिपिए ४ मा परे। बाँकी सामाजिकमा ३१, नेपालीमा ३१ मात्र आयो भने जिपिए १.६ अर्थात् डी–प्लस (२०–४० प्रतिशत) भयो, बाँकी सबैमा शून्य आए जिपिए ०.८, यो सबै जोडेर ८ वटा विषयले भाग गर्दा २.२ जिपिए हुन्छ,’ वाग्लेले भने, ‘२ जिपिए भनेको विज्ञान पढ्न पाउने हो, त्यसो हुँदा तीन वटा विषयमा शून्य ल्याउनेले पनि पायो।’
सरकारले प्रयास राम्रो गरे पनि पर्याप्त ‘होमवर्क’ गर्न नसकेको वाग्लेले टिप्पणी गरे। उनका अनुसार यसले भ्रम र अन्योल सिर्जना गरिदिएको छ। यसैमा आधारित भएर अब बोर्डिङले पनि पाँचवटा विषयमा केन्द्रित भएर विद्यार्थी पढाउन सक्छन्।
प्राविधिक विषय १५ महिने पढ्न एसईईमा ‘ग्रेड प्वाइन्ट एभरेज’ (जिपिए) १.६ भन्दा कम ल्याउनेले पनि व्यावसायिक सीप विकास तथा तालिम केन्द्र (सिटिभिटी) मा प्राविधिक विषय १५ महिने पढ्न पाउने छ । १५ महिने प्राबिधिक बिषयहरुमा Agriculture, Health(ANM, CMA, Lab Assistant, Dental), Civil sub overseer, computer, electrical, electronics आदि बिषयहरु रहेका छन् 
 

Comments

Popular posts from this blog